• Monday 27th of July 2026

प्रधानमन्त्रीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपा(एमाले)का अध्यक्ष ओलीले आज २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक र आश्रितका तस्वीरमा माल्यार्पण गर्नुभयो ।
उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
स्मृति दिवसको दिन हरेक वर्ष दलले मदननगर बल्खुमा कार्यक्रम गर्दै आए पनि यसपटक कोरोना भाइरसका कारण पार्टीका शीर्ष नेता मात्र उपस्थित भई भण्डारी–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
नेता भण्डारी र आश्रितको २०५० सालमा आजकै पोखराबाट चितवनतर्फ जान लाग्दा दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology