• Tuesday 28th of July 2026

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयोे । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ । यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारी शर्मा र सदस्यमा डा विष्णुराज बराललाई निरन्तरता दिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा लगत्तै उहाँहरु पनि पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा लमजुङको सुन्दरबजार नगरपालिका–३ निवासी डा भीष्म अधिकारीलाई नियुक्तिको निर्णय गरेको बताइन्छ ।

बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७४ लाई संशोधन गरी मन्त्रालयहरु फेरबदल गर्ने निर्णय गरेको थियो । विगतमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकामा यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाइएको थियोे । अहिले पुनः तीन मन्त्रालय थप गरेर मन्त्रालयको सङ्ख्या ११ पु¥याइएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावलीलाई संशोधन गरेर मन्त्रालयको सङ्ख्या वृद्धि गरेलगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी कार्यविभाजन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology