• Monday 27th of July 2026

खाना बनाउने क्रममा ग्यास पड्किँदा आमाछोरा घाइते


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology