• Saturday 25th of July 2026

दलको निर्णय नै मेरो निर्णय हुन्छः सांसद सापकोटा


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा(माओवादी केन्द्र)बाट मुख्यमन्त्री हुनुभएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । सापकोटाले भने संसदीय मूल्य र कार्यकर्ताको मनोभावना विपरीत काम नगर्ने बताउनुभएको छ । आज बिहान रासससँगको संवादमा सापकोटाले भन्नुभयोे, “यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।”

उहाँले आफू कुनै निर्णायक नभएको भन्दै पदको लोलुपतामा नलाग्ने बताउनुभयो । सापकोटाले भन्नुभयो, “मलाई मुख्यमन्त्रीसँग नजीक हुनु पनि छैन र संसदीय दलको निर्णय विपरीत जानु पनि छैन ।” सापकोटाले जनताको प्रतिनिधि भएको र कम्युनिष्ट पार्टीबाट जितेकाले सोहीअनुसारको व्यवहार आफूले गर्नुपर्ने बताउनुभयो । “म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवन के होला” सापकोटाले भन्नुभयो, “अन्त के गरे भन्ने होइन, हाम्रोमा अवस्था के छ भन्ने कुरालाई मूल्याङ्कन गर्ने हो ।”

उहाँले वामपन्थी पृष्ठभूमिमै रहेर राजनीतिमा रहने प्रस्ट पार्नुभयो । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा केन्द्रको निर्देशनअनुसार चल्ने र सभामुखले राजीनामा दिने परिस्थिति आउनुपूर्व गण्डकी प्रदेश मध्यावधिको बाटामा लाग्ने छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधान धारा ७६ (३) अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन लाग्नुभएको हो ।

गण्डकी प्रदेशमा विपक्षी गठनबन्धनबाट अविश्वासको प्रस्ताव आउनुपूर्व मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिनुभएको थियो । त्यसपछि पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गुरुङले विश्वासको मत लिनुपूर्व विकसित राजनीतिक घटनाक्रमले अहिले गण्डकी प्रदेश चर्चामा छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेपछिको घटनाक्रम र सर्वोच्च अदालतले उहाँलाई थमौतीपछि गण्डकीको राजनीति तरङ्गित बनेको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पु¥याउन ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीति टुङ्गोमा पुग्दैन । पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ । विपक्षी गठबन्धनमा लाग्नुभएका राष्ट्रिय जनमोर्चाका थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहो¥याउँदै आउनुभएको छ । संसद्मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेको २८ मत छ । विपक्षमा नेपाली कांगे्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology