• Monday 27th of July 2026

मन्त्रिपरिषद् बैठक : अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने


  • गोकर्णेश्वर अनलाइन

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताउनुभयो । “यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ”, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उहाँले भन्नुभयो ।

सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology