• Friday 24th of July 2026

कचनकवलमा एकीकृत घुम्ती शिविर


  • गोकर्णेश्वर अनलाइन

झापा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आन्तरिक राजश्व कार्यालयबाट प्यान नम्बर वितरण, डिभिजन वन कार्यालयबाट फलफूलका बिरुवा वितरण, लागुऔषध दुव्र्यसनसम्बन्धी सचेनामूलक कार्यक्रम, पाठेघरको मुखको क्यान्सर जाँचलगायत दर्जनौँ सेवा प्रदान गरिने प्रजिअ उदयबहादुर रानामगरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयसहित २० सरकारी कार्यालयले कचनकवल–२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको प्राङ्गणमा यही कात्तिक २२ गते उपलब्ध गराइने सोवामा गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने पानीको आर्सेनिक जाँच, जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालबाट विभिन्न रोग जाँच, मेची अञ्चल अस्पतालबाट दन्तसेवा, कृषि ज्ञान केन्द्रबाट कृषिजन्य बालीमा लाग्ने रोगको परीक्षण, टेलिकमबाट सिमकार्ड वितरणलगायत रहने प्रजिअ रानाले बताउनुभयो ।

सबै कार्यालयका प्रमुखहरुलाई आ–आफ्ना क्षेत्रबाट सेवा उपलब्ध गराउनका लागि तयारी गर्नसमेत आग्रह गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । उक्त गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले सेवालाई प्रभावकारी बनाउन आफू पनि लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology