• Monday 5th of October 2026

सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । आज ट्विट गर्दै उहाँले शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु”, ट्विटमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology