• Saturday 25th of July 2026

मामा–भान्जी पक्राउ


  • गोकर्णेश्वर अनलाइन

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology