• Saturday 25th of July 2026

उत्तरी धादिङमा हिमपात


  • गोकर्णेश्वर अनलाइन

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ । हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीमा भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो । हिमपात शुरु भएपछि शुक्रबार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए । गाउँ हिउँले ढाकिएपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्याङ्ग्रिएका छन् । हिमपात शुरु भएपछि विद्यालय बन्द भएका छन् । चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ । उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रर्फ जान थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology