• Saturday 25th of July 2026

यसरी नेपालमा क्रिसमस मानाईदै (भिडियो)


  • गोकर्णेश्वर अनलाइन

इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन् ।नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा मंगलबार साँझदेखिनै क्रिसमसको रमझम मनाउन शुरु भएको छ । २००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् । इसाई धर्मावलम्बीका फादर टेकराज पौडेलले नेपालमा पनि शान्ति र प्रेमको कामना सहित अन्धविश्वास हटाई नयाँ नेपाल निर्माणका लागि प्राथना गरिएको बताउनुभयो ।बुधबार बिहानै देखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेल लायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ । त्यस्तै ठुलाठुला व्यापारीक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology