• Monday 5th of October 2026

मुख्यमन्त्री राईद्वारा ल्होसार र मिनारिदाचाम पर्वको शुभकामना


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री राईले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा किराँत कुलुङ जातिको मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा चाडले आफ्नो धर्म संस्कति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्ररित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा मुख्यमन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका जनाउँदै विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो भन्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology