• Monday 5th of October 2026

स्वागत समारोहमा उपराष्ट्रपति


  • गोकर्णेश्वर अनलाइन

: भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो । कार्यवाहक राजदूत अजय कुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology