• Monday 5th of October 2026

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमि : मन्त्री अर्याल


  • गोकर्णेश्वर अनलाइन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान सङ्गीतले भूमिका खेल्ने बतउनुभएको छ । कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति सङ्ग्रह ‘म हँु सुन्दर नेपाल’को आज लोकार्पण गर्दै उहाँले गण्डकी प्रदेशलाई लोक संस्कृतिको उर्वर भूमि घोषणा गर्न तयार रहेको जानकारी दिनुभयो । परिवर्तनका सङ्गीत क्षेत्रको भूमिका रहेको मन्त्री अर्यालले उल्लेख गर्दै कला, संस्कृतिमा लागेका युवाको संक्षण गर्न सरकारले प्राथमिकता दिएको छ । कलाकार नौवागेले २०६४ सालदेखि आफू निरन्तर कला क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology