• Monday 5th of October 2026

ज्ञवालीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाका सचिव हरि ज्ञवालीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले ज्ञवालीको निधनले नेकपाले इमान्दार कार्यकर्ता र समाजले असल सामाजिक अभियन्ता गुमाएको बताउनुभएको छ । कम्युनिष्ट राजनीतिमा सक्रिय भई सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको सकारात्मक भूमिका सधैँका लागि स्मरणीय रहेको प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै बताउनुभएको छ । कम्युनिष्ट कार्यकर्ताका रूपमा समाजमा लोकप्रिय उहाँले पूर्व नेकपा (एमाले)का बर्दियाका अध्यक्षको रुपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुःखद घडीमा शोकमा पर्नुभएका परिवार र आफन्तजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामनासमेत गर्नुभएको छ । ज्ञवालीको आज उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology