• Monday 5th of October 2026

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष २०७७’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीमा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी गरिएको शुभकामना सन्देशमा उहाँले सिङ्गो विश्व कोरोना भाइसरको महामारीबाट उत्पन्न जटिल अवस्थाको कठिन मोडमा गुज्रिरहेका बेला नेपाल र सुदूरपश्चिम प्रदेशसमेत यसबाट अछुतो रहन नसकेकाले यसको सङ्क्रमणबाट बच्नका लागि सम्पूर्णमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । सम्पूर्ण नेपालीले मनाउँदै आएको नयाँ वर्ष एवं सुदूरपश्चिम प्रदेशवासीको महत्वपूर्ण चाड ‘बिसुपर्व’ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सन्देशमा यस पर्वले कोरोना सङ्क्रमणको महामारीबाट सामना गर्न शक्ति प्रदान गर्नुका साथै सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology