• Monday 5th of October 2026

लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाटै समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा लोकप्रिय र समृद्ध पद्धतिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हामी सबैका लागि गर्वको विषय भएको बताउनुभएको छ । गणतन्त्र दिवस २०७७ को अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था प्राप्तिका लागि भएका शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता एवं घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्व मानव सभ्यता र मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोभिड–१९ का विरुद्ध एकताबद्ध भइ लडिरहेका छौँ, यसमाथि पूर्ण विजय प्राप्ति गर्नका लागि आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवस केवल शासन प्रणालीमा मात्र नभइ हाम्रो जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत गर्दै सामाजिक न्याय र न्यायपूर्ण वितरणसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दा नै गणतन्त्र दिवसप्रतिको अर्थपूर्ण स्मरण हुनेछ शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology