• Monday 27th of July 2026

आज नेपालमा ४४८ कोभिड–१९ सङ्क्रमित फेला, १६ डिस्चार्ज


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को सङ्क्रमण आज एकै दिन ४४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२४ पुरुष र २४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गत माघ ९ गते नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । तीमध्ये चार हजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् । उहाँका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई पुरुष र झापाका सात पुरुष रहेका छन् । यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका आठ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङका एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका तीन पुरुष र सिरहाका ११ पुरुष रहेका छन् ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि – Dcnepal

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक पुरुष, झापाका छ पुरुष र सुनसरीका एक महिला तथा नौ जना सङ्क्रमण देखिएको छ । यसैगरी प्रादेशिक प्रयोगलामा पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपुर (पूर्व)का एक र तनँहुका एक पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष, बाँकेका एक महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी (पूर्व)का चार पुरुष, मोरङ एक, धादिङका दुई महिला र २५ पुरुष रहेका छन् । यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष तथा सर्लाहीका चार पुरुष रहेका छन् । यस्तै राप्ति जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा दाङका तीन महिला र पाँच पुरुष रहेका छन् ।

सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष तथा सुर्खेतका दुई महिला र ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्धाखाँचीका दुई पुरुष, गुल्मी र पाल्पाका एक÷एक जना पुरुष, प्युठानका दुई पुरुष रुपन्देहीका तीन महिला र १३ पुरुष नवलपुर (पश्चिम)का एक महिला र एक पुरुष रहेका छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जना सङ्क्रमण भएको पृष्टि भएको छ । तीमध्ये सर्लाहीका नौ महिला र ४१ पुरुष, रौतहटका ८६ पुरुष, बारा, धादिङ, धनुषा, नुवाकोटका एक÷एक जना पुरुष र काठमाडौँकी एक जना महिला रहेका छन् ।

१६ जना डिस्चार्ज

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज १६ जना सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन् । तीमध्ये १२ पुरुष र चार महिला रहेका छन् । अहिलेसम्म ८७७ डिस्चार्ज भई घर फर्किका छन् । तीमध्य ७८६ पुरुष र ९१ महिला रहेका छन् । आज डिस्चार्ज भएर घर फर्किनेमा सशस्त्र प्रहरीको कोभिड–१९ युनिफाइड अस्पताल, बलम्बुबाट दुई महिला र एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिला, काठमाडौँ मेडिकल अस्पताल दुवाकोटबाट दुई महिला र एक पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष र ह्याम्स अस्पतालबाट एक पुरुष डिस्चार्ज भएर घर फर्किएका छन् । अहिलेसम्म पिसिआर एक लाख २१ हजार ८६२ र आरडिटी एक लाख ८८ हजार ५२ जनाको गरिएको छ । २४ घण्टामा पिसिआर पाँच हजार ९२५ जना र आरडिटी नौ हजार ९०९ मा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology