काठमाडौं : काठमाडौं महानगरीय ट्राफिक प्रमुख भीम प्रसाद ढकालले छोटो समयमै महानगरको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सफलता हासिल गर्नुभएको छ । उहांँले १० महिने कार्यअवधिमा ट्राफिक व्यवस्थापनमा दर्जनौं उत्कृष्ट सफल काम गरेर उदारणीय ट्राफिक प्रहरी अधिकृतको रुपमा आफूलाई प्रमाणित गरिसक्नु भएको छ ।
काठमाण्डौ उपत्यकामा सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापनमा अब्बल सावित हुनुभएको हो । यस अवधिमा उहांँले दुर्घटना न्यूनिकरणदेखि चिनियाँ राष्ट्रपति सि जिङ्ग पिनको सवारी सुरक्षामा आफ्नो कार्यकुशलता देखाई सक्नुभएको छ ।![]()
उहांँले चीनका राष्ट्रपति सि जिङ् पिनको गत आश्विन २५ र २६ गते भएको २ दिने ऐतिहासिक भ्रमणको राजकीय सवारी सुरक्षित र त्रुटिरहित ढङ्गले ट्राफिक व्यवस्थापन गर्नुभयो । यस्तै नेपालमा रहेका तिब्बती शरणार्थीले आत्मघाती आक्रमण गर्ने, चीन विरूद्ध विरोधका कार्यक्रम गर्ने जस्ता सुरक्षा थ्रेटलाई निरूत्साहित गरी भ्रमणलाई सफल समेत बनाउनु भयो
उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै उहांँले प्रधानमन्त्री के.पी. शर्मा ओलीलगायत उच्च ओहोदाका व्यक्तिहरूबाट प्रशंसा र धन्यवादको पात्र बनिसक्नु भएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद.अब्दुल हमिदको ४ दिने भ्रमण को २०७६ कार्तिक २६ देखि २९ गतेसम्म भएको ४ दिने सद्बाव भ्रमणको सवारी व्यवस्थापन सुरक्षित र त्रुटिरहित ढङ्गले ट्राफिक व्यवस्थापनमा खरो रुपमा उत्रनु भयो । ट्राफिक व्यवस्थापन दुर्घटना न्यूनिकरणका लागि ढकालले अन्य विभिन्न नीतिहरुलाई अबलम्बन गर्दै अगाडि बढ्नुभयो । जसले गर्दा अन्तराष्ट्र्रिय स्तरमा समेत तारिफ योग्य बन्यो ।![]()
गत १५ गते देखि २४ गतेसम्म भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन लगायत खेल अवधिभर बिशेष ट्राफिक व्यवस्थापन रणनीति तयार गरी चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गरी देशको गौरवलाई उहांँले थप उच्च राख्नुभएको थियो । उहाँ यतिमा मात्र सिमित रहनु भएन ।
आफ्नो छोटो समयमै (निर्णय भएका) सडकमा समेत भएको खेलका गतिविधिहरु साईकिलिङ्ग, म्याराथुन, ह्वील चियर रेसलाई पनि चुस्त व्यवस्थापन गरेर सबैको मन जित्न सफल हुनुभयो । प्रमुख ढकालले महानगरको ट्राफिक व्यवस्थापन चुनौति रहेपनि पनि कहिल्यै विचलित हुनु भएन ।
![]()
भ्रमण वर्ष २०२० उद्धघाटन समारोहमा पनि उहांँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन समारोहको बिशेष ट्राफिक व्यवस्थापन योजना तयार गरी व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गर्न सफल बन्नुभयो ।
उहांँले बिशिष्ट तथा अति बिशिष्ट व्यक्तिहरुको सवारी र सभा सम्मेलन नेपालका अति बिशिष्ट तथा विशिष्ट व्यक्तिहरूको राजकीय, औपचारिक,अनौपचारिक सवारी, विदेश भ्रमण,राष्ट्रिय दिवसका कार्यक्रमहरू, शिलान्यास, उद्धघाटन जस्ता सवारी तथा कार्यक्रमको चुस्त र सुरक्षित ट्राफिक व्यवस्थापन गरेकोले उहांँको चर्चा चुलिंँदै गयो । उहांँ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निभाउन उत्तिकै माहिर हुनुहुन्छ विशेष समय र परिस्थिति मा आफूलाई तुरून्त र छिटोछरितो रूपमा सहज र सुरक्षित ट्राफिक व्यवस्थापन गर्ने क्षमता राख्नुहुन्छ ।
ट्राफिक प्रहरीको काम २४ सै घण्टा यात्रु तथा सवारीको उच्च सावधानी राख्नु र सहज व्यवस्थापन गर्नु हो । चाडपर्वको बेला पनि अन्य सवारी साधनभन्दा यात्रुबाहक बसको उत्तिकै चाप बढ्छ । यस्ता विशेष परिस्थितिमा पनि उहाँ सधै अग्रपंक्तिमा रहेर आफूलाई अब्बल सावित गरिसक्नु भईसकेको छ ।
ट्राफिक प्रणालीमा सुधार, सचेतना बृद्धिमा फड्को
उहांँले आफ्नो सेवाअवधिमा ३ महिने ट्राफिक उज्यालो अभियान शुरु गर्नुभयो । जसअनुसार सडक प्रयोग कर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले “ तीन महिने ट्राफिक उज्यालो अभियान “ संचालन सम्बन्धी कार्ययोजना बनाई कार्यान्वयन गर्दै यसलाई मूर्तरुप दिनुभयो । दुर्घटना न्यूनिकरण गर्न र सडकप्रयोगकर्तालाई जनचेतना दिने अभिप्रायले उहांँले गत पुस १ गते शुरु गरिएको अभियानमा १लाख ३४ हजार ४३ जनालाई सचेतना प्रदान समेत गर्नुभयो । यस्तै काठमाडौमा हिड्नै पैदलयात्रीलाई सचेतना जगाउने उद्धेश्यले जथाभावी बाटो काट्ने १९ हजार ९सय ९८ पैदल यात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा दिएर ट्राफिक व्यवस्थापनमा नयांँ आयाम ल्याउनु भयो ।
ट्राफिक सचेतना बिना दुर्घटना न्यूनिकरण गर्न नसकिने भन्दै उहांँ गीत संगीतको माध्यमबाट ट्राफिक नियम , अनुशासन पालन गर्ने शिलशिलामा ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गर्नुभयो ।
उहांँले यतिमा मात्र आफूलाई बांँध्न चाहनु भएन , हरेर नयांँ नयांँ सिर्जनात्मक ढंगले सवारी व्यवस्थापन गर्दै क्रियाशील रहनुभयो । दुर्घटनाको कारण सवारीसाधन जताततै रोक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने आरक्षण सिटको पुर्णपालना गर्न आफै यात्रु बनेर सार्वजनिक सवारीमा चढेर यात्रुमैत्री अभियान शुरु गर्नुभयो । यो शिलशिलामा लापरवाही गर्ने र नियम पालना नगर्ने ८ हजार २सय ६९ सवारीको अनुगमन गर्नुको साथै ५ हजार २सय ९८ जना चालकलाई १८ बुंँदे प्रतिबद्धता पत्र दिएर सजक बनाउनु भयो ।![]()
ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन प्रमुख ढकालले सार्वजनिक सवारी यात्रा गर्ने यात्रु लाई गुनासोलाई सम्बोधन गरेर वाहवाहीको पात्र बन्नुभयो । यसका लागि आरक्षण सिट अनुगमन गर्न स्कुटरमा महिला ट्राफिक प्रहरी टोली , जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट लागु गर्ने बिषयमा ढकाल कडा रुपमा प्रस्तुत हुनुभयो ।
सो क्रममा आरक्षण सिट अनुगमन टोलीले ३सय २५ वटा सवारी साधन अनुगमन गरी ११५ लाई कारवाही गरेको उहांँले बताउनु भयो । प्रमुख ढकालले दोषीलाई दण्ड र असललाई सम्मान गर्न पनि कहिल्यै चुक्नुभएन । पछिल्लो समय ट्याक्सी चालकहरुले देखाएको इमान्दारिता र मानवीयता उच्च मुल्यांँकन गर्दै त्यस्ता चालकलाई सम्मान गरेर थप प्रोत्साहन दिनुभयो । उहांँको सेवाअवधिमा ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु बुझाउने २१ जना ट्याक्सी चालकलाई सम्मान गरिसक्नुभएको छ ।
ट्राफिक प्रहरीमा प्रविधिको उच्चतम प्रयोग
उपत्यकाको ट्राफिक व्यबस्थापनलाई चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरि प्रबिधिमैत्री ट्राफिक प्रणाली लागु गर्नुभयो । जसअन्र्तगत ९ बर्षदेखि विग्रिएका ट्राफिक लाइटलाई सञ्चालनमा ल्याईएको छ । राडरगन, ब्रेथलाइजर जस्ता उपकरण प्रयोग गरि २ हजार ३सय २० सवारीसाधन कारवाहीमा परेका छन । सो अवधिमा मापसे कारबाहीमा २५ हजार ४सय ७२ परेका थिए । सिसिटीभीको फुटेजबाट नियम उल्लघन गर्ने ९ हजार २सय २४ लाई कारबाहीको दायरामा ल्याईएको थियो । यस्तै ट्राफिक क्युनिकेसन एप्सको प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ढकाल सफल भन्नुभयो ।
यस्तै पछिल्लो समय लाईसेन्समा अनियमितता र नक्कली लाईसेन्सको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा स्मार्ट कार्ड रिडर मेशिन प्रयोग गरी चेकजाँच लाई कडा पारिएको छ । यस्तै प्रमुख ढकालले कारवाही गरिएका सेवाग्राहीका कागजजात सहजता ,प्रदान गर्दै आन्तरिक वृद्धि विकास तथा शुद्धिकरणमा समेत सक्रिय रही एक अब्बल, सफल ट्राफिक प्रहरी अधिकृतको रुपमा स्थापित हुन सफल हुनु भएको छ ।
कार्यालयका अनुसार काठमाडौ उपत्यकामा गतबर्ष २सय ५४ जनाको मानवीय क्षति भएकोमा यस आर्थिक बर्षको बैशाख सम्म झण्डै आधा सख्या घटेर १सय ३२जनाको मात्र क्षति भएको छ ।
कानुनी कारबाहीमा कडा व्यबहारमा नरम
शान्तिसुरक्षामा लामोसमयसम्मको अनुभव प्राप्त प्रमुख ढकालले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाही तथा जरिवाना गर्न विभिन्न अभियान समेत सञ्चालन गर्नुभयो । दिन एक, एक अभियान जस्ता कार्यक्रम मार्फत उहांँले ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न यस अभियान शुरु गरिएको हो ।
ढकालले दुर्घटनाको प्रमुख कारक दुईपाँग्रे सवारी तथा मृत्यु समेत यस्ता सवारीसाधनबाट हुने हुंँदा यस्ता सवारी चालकमाथि बढी निगरानी गर्ने आवश्यकता महसुस गर्नुभयो । जसअनुसार चर्को आवाजले अरुलाई असर गर्ने मोटरसाईकलहरूको कारवाही , ध्वनी प्रदुषण हुने गरी मोटरसाइकल कुदाउने, स्वरुप परिवर्तन गरी चलाउने, १सय ९७ चालकलाई कडा कारबाही गरी पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्नु भयो ।
काठमाडौंमा जथाभाबी पार्किङ गर्ने , ढोका खुल्ला राख्ने उपर कारबाही,सडकमा सार्वजनिक सवारी साधनहरूले सवारी चलाउँदा ढोका खुल्ला राख्ने,मोटरसाईकलको लुकिङ्ग ग्लास ठिक अवस्थामा नराख्ने नलाग्ने हजारौं त्यस्ता चालकलाई कारबाही गरेर आफ्नो कार्यकौशलता प्रदर्शन गर्नुभयो ।
दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तर्गत प्रमुख ढकालले ट्राफिकको आंँखा छलेर नियम उल्लंघन गर्ने, यात्रुलाई ठग्ने चालकका लागि रुपमा सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन समेत गर्नुभयो ।![]()
हालसम्म महानगर ट्राफिकले ७ हजार ९सय १८ ट्याक्सी चालकहरूलाई कारबाही गरेको जनाएको छ । प्रमुख ढकाल आफ्नो जिम्मेवारी र कर्तव्यपथबाट कहिल्यै पन्छिनु भएन । नियमपालनमा गर्ने कार्यमा उहांँ कडा भएपनि व्यक्तिगत रुपमा उहांँ शालिन ,नम्र हुनुहुन्छ । दुर्घना न्यूनिकरणका लागि जरिवाना भन्दा सचेतनाबाटनै न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा उहांँ दृढ हुनुहुन्छ । आफ्नो चालु सेवा अवधिमा ट्राफिक कारबाहीमा साना र ठूला कसैलाई भेदभाव नगरी मन्त्रालय, सरकारी निकाय, तथा उच्च ओहादाका व्यक्तिहरुलाई समेत ट्राफिक कारबाही गर्न सफल हुनुभयो ।
चालु आर्थिक बर्ष . २०७६र०७७ को जेठमसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ लाख ९५ हजार २सय ३९ वटा सवारीसाधनलाई कारबाही गरी ५करोड १४लाख १४हजार पांँचसय रुपैयांँ राजश्व संकलन भईसकेको छ ।
