• Monday 5th of October 2026

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ


  • गोकर्णेश्वर अनलाइन

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् ।

स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन् । सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताउनुभयो । सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण ग¥यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उहाँको भनाइ छ ।

प्रभावित क्षेत्रका स्थानीयवासीको हकमा के हुन्छ ? भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणका काममा सहयोग गर्नुपर्ने र मेलम्चीको पानी काठमाडौँ लगेर काठमाडौँवासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तीमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको स्मरण गराउँदै तामाङले अब जिल्लावासी फाइल बोकेर विभिन्न कार्यालय धाउनुभन्दा पनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझ्न लाग्नुपर्ने बताउनुभयो । उहाँले खानेपानी मन्त्रालयलगायत सम्बन्धित पक्षलाई बेलैमा ढङ्ग पु¥याएर मात्र चल्न आग्रह गर्नुएको छ ।

तामाङले यही असार २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्नेसमेत जानकारी गराउनुभयो । पानी परीक्षण गर्दा सिन्धुवासीलाई छल्न खाजेको भन्दै उहाँले सिन्धुवासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गर्नुभएको हो । खानेपानीमन्त्रीले सामाजिक, राजनीतिक र विभिन्न अवरोधका बाबजुद पानी परीक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘विभिन्न समस्या देखाएर समाधान गर भन्न पनि नमिल्ने हो र ?’ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology