• Monday 27th of July 2026

सप्तरीबाट सुनसरीका लागि रक्तदान


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा ५७ जनाले रक्तदान गरेका छन् । ‘आज अरुका लागि भोलि आफ्ना लागि’ भन्ने नाराका साथ दारी ग्याङ फत्तेपुर र ब्लड फोर नेपालको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी, व्यापारीलगायत युवाले रक्तदान गरेकोे न्यू त्रियुगा स्पोर्टस क्लब फत्तेपुरका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभयो ।

चार महिनादेखि भएको लकडाउनका कारण नेपाल रेडक्रस सोसाइटीको सुनसरीस्थित रक्त सञ्चार केन्द्रमा रक्ताभाव भएकाले कार्यक्रम गरिएको दारी ग्याङ फत्तेपुरका अध्यक्ष अरुण कटवालले बताउनुभयो । कार्यक्रममा सप्तकोशी नगरपालिकाले सहभागीलाई मास्क र सेनेटाइज उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology