• Monday 5th of October 2026

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने योजना छ : मुख्यमन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताउनुभएको छ । वाग्मती प्रदेशको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा बिहीबार उहाँले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन स्पष्ट पार्नुभयो ।

कोभिड–१९ को कारणबाट उत्पन्न यस कठिन घडीमा सीमित भौतिक उपस्थिति तथा सूचना प्रविधि दुवै मिश्रण गरी भर्चुअलको माध्यमबाट वाग्मती प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो । वाग्मती प्रदेशको आव २०७६÷०७७ को विनियोजन रु ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजारअर्थात् ५८.७२ प्रतिशत खर्च भएको थियो ।

यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ रु ५७.६८ प्रतिशत खर्च भएको थियो भने सोही अवधिमा अनुमानित आयको ९९.४५ प्रतिशतअर्थात् ४७ अर्ब ३४ करोड ७९ लाख सङ्कलन भएको थियो । प्रदेशका प्रमुख सचिव डा मानबहादुर बीकेले कोभिड–१९ को अवस्थालाई अनुकूलन गर्दै विकास निर्माणमा लाग्नुपर्ने र अनुगमन तथा मूल्याङ्कनलाई नतिजासँग आबद्ध हुने गरी अपेक्षितरुपमा सम्पन्न गर्न आयोजना कार्यान्वयन गर्दा श्रम र सीपको प्रयोग हुने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology