• Monday 5th of October 2026

विनोद चौधरीलाई पनि कोभिड–१९ सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ । चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology