• Monday 5th of October 2026

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा पोखरेलले जानकारी दिनुभयो ।हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology