• Monday 5th of October 2026

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि मोटरसाइकल प्रदान


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology