• Monday 5th of October 2026

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठपर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उन्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई सावधानीका साथ पर्व मनाउन हुन अनुरोध गर्दछु ।” उहाँले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology