सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको चर्चित टेलिभिजन जी न्युजसंग दिएको अन्तरवार्ता यतीखेर चर्चाको शिखरमा छ। कहिल्यै भारतको दादागिरी विरुद्ध नबोलेको नेपाली नेताहरुको भिडमा ओलीले जबर्जस्त रुपमा कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो हो,देशको भुगोल र जनशंख्या सानो ठूलो हुन सक्ला तर स्वाधीनता र सार्वभौमसत्ता कसैको सानो ठूलो हुँदैन,नेपाल भारतको सानो भाईहोइन देश ठुली सानो होला तर हाम्रो हैसियत समान हो र नेपाल चीन र भारतलाई तठस्तताको नितिले हेर्छ भनेर नेपाली स्वाभिमान कायम गर्न सफल भएका छन् । सारा भारतीयलाई नेपालको भारतप्रतिको दृस्ठिकोण उनीहरुकै भाषामा बुझ्ने गरेर बताएर प्रधानमन्त्री केपी ओलीले नेपालीको शिर उचो बनाएका छन् । हेर्नुस् आम नेपालीको मन मुटुमा बस्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीले जी न्युजकोलागी दिएको अन्तरवार्ताको पूरा भिडियो :
