• Monday 5th of October 2026

चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री


  • गोकर्णेश्वर अनलाइन

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका विभाग तथा कार्यालयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएपछि आज पहिलो पटक मन्त्रालयमा विभागीय प्रमुखलाई निर्देशन दिँदै उहाँले कर्मचारीका कारण सेवा ग्राहीको सेवा रोकिनु नहुँने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नागरिकको सेवा गर्नका लागि आएका हौँ, नियम कानूनसंगत भएका सेवा ग्राहीका काम कुनै हालतमा नरोक्नुस ।” मन्त्री आलेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका क्षेत्रमा भइरहेका काम कारवाहीमा केही ठाउँमा गलत मनसायले काम भइरहेको भन्ने सूचना आएकाले त्यसतर्फ विषेश ध्यान दिनसमेत मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

“राष्ट्रपति चुरे संरक्षणका नाममा भइरहेका काममा केही ठाउँमा आफ्नो व्यक्तिगत फाइदाका लागि काम भइरहेको भन्ने खबर छ, सम्बन्धित पक्षले तत्काल बुझेर गलत भएको हो भने काम रोकाउनुस्”, उहाँले भन्नुभयो, “चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन ।” विभागीय कर्मचारीले डिभिजन वन कार्यालयका प्रमख (डिएफओ) प्रदेश सरकार मातहत भएका कारण केन्द्रबाट सिधै काम गराउन समस्या भएकाले उनीहरुलाई पनि सङ्घ मातहत ल्याउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology