• Monday 5th of October 2026

यातायात व्यवसायलाई प्रविधिमैत्री बनाइने- सञ्चारमन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।” मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकलाई आग्रह गर्दै सामाजिक सेवाको भावनानुसार बिरामीलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनमा आएका सवारी साधनको व्यवस्थापनमा लागि पर्ने बताउनुभयो ।

समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जीपको अनुुगमन गरी कारवाही गर्न माग गर्नुभयो । समाजले समयसापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्नुपर्ने, चालक तथा चालक मजदूरीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नु पर्नेलगायत १४ बुुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङ समक्ष बुुझाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology