• Wednesday 29th of July 2026

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी


  • गोकर्णेश्वर अनलाइन

हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ ।

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ ।

बर्थिङ सेन्टरको अभावमा सुत्केरी ब्यथाबाट छटपटाइरहेका सुदूर ग्रामीण क्षेत्रका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकामा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिला यो समस्याबाट निदान पाएको वडा नं ५ का वडाध्यक्ष केदार सहनी बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै गाउँ जयमङ्गलपुरमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका सुत्केरी गराउने महिलाले नयाँ जीवन पाएका छन् ।”

योसमेत गरी वडा नं ३ जयमङ्गलपुर, वडा नं ४ तुल्सी बर्वा र वडा नं २ टिहुकी सेढा गरी सो गाउँपालिकामा तीन बर्थिङ सेन्टर रहेका छन् । उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० जनासुत्केरी गराउन आउने गरेका बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology