• Monday 5th of October 2026

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताउनुभएको हो ।
प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका ६०० पत्रकारलाई खोपको व्यवस्था मिलाउन र सङ्क्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा सञ्चार क्षेत्रलाई राहत प्याकेज दिन माग गर्नुभएको थियो ।
प्रतिष्ठान प्रदेशले कोरोनाबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology