• Monday 27th of July 2026

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिनुभयो । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाक्यले भन्नुभयो,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या आएको छ ।” प्रदेशका १३ जिल्लामा रहेका अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपाल कर्माचार्यका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, सामाजिक विकासमन्त्री विजय सुवेदी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका विषयमा जानकारी गराउनुभएको थियो । विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन गर्नु परेको उहाँले गुनासो गर्नुभयो । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित १२० कार्यरत रहेको भए पनि दरबन्दी भने २५ जनाको मात्रै रहेको उहाँले बताउनुभयो । अहिले सो अस्पतालले मनोरोग बाहेक अन्य रोगको विशेषज्ञ सेवा दिंदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology