• Saturday 25th of July 2026

नेपाल स्काउटबाट दीक्षित भए युवा मन्त्री महेश्वरजंग गहतराज


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ ।
नेपाल स्काउट ऐन, २०५० बमोजिम मन्त्रीले नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा आयोजित एक बिशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको थियो। दीक्षान्त पश्चात बरिष्ठ स्काउटर प्रा. गोविन्दनारायण ज्यापूले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्दै प्रमुख स्काउटले नेपाल स्काउटलाई युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताउनुभयो । नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो । दीक्षा समारोहमा बरिस्ठ स्काउटर प्राध्यापक गोविन्दनारायण ज्यापूलाई सम्मान समेत गरिएको थियो ।
प्रमुख स्काउट माननीय मन्त्रीज्यूले रा.प्र.का. परिसरमा लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नुभई भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गर्नु भएको थियो । कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका बरिष्ठ स्काउटरहरु र स्थानीय तहका संयोजक लगायत स्काउटर तथा रोभर, रेन्जरहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology