• Monday 5th of October 2026

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology