• Saturday 25th of July 2026

सप्तरीमा महिलाको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिनुभया । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology