• Saturday 25th of July 2026

अब भक्तपुर नगरपालिका सम्पदाले मात्र होइन स्काउटिङ गतिविधिले समेत चिनिनुपर्छ : सम्योजक भण्डारी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले अब भक्तपुर नगरपालिका सम्पदाको कारण मात्र नभई स्काउटिङ गतिविधिले समेत देशभर चिनिनुपर्ने धारणा ब्यक्त गर्नु भएको छ । आज भक्तपुर नगरपालिकाको सभाहलमा आयोजित स्थानीय संरक्षक,प्रमुख स्काउट र सदश्य सचिवको दिक्षान्त समारोहमा मन्तव्य राख्दै भण्डारीले सो धारणा ब्यक्त गरेका हुन । भक्तपुर नगरपालिकाका मेयर सुनल प्रजापतिले सोही अवसरमा स्काउटको स्थानिय संरक्षकको दीक्षा समेत लिनु भएको थियो । विगतमा कोरोना कहरमा होस् या अन्य अभियानमा भक्तपुर स्काउट सधैं अगाडि रहेको स्मरण गर्दै भण्डारीले भक्तपुर स्काउटको प्रशंसनिय कामको प्रशंसा गरेका थिए । कोभिडको पहिलो लास उठाउँदा भक्त पुर स्काउट पहिलो भएको र सो खालको सहास र स्वयंसेवकिय भावना निरन्तर रहने विस्वास ब्यक्त गरेका थिए । भण्डारीकै नेतृत्वमा स्काउट ७५३ स्थानीय तहमा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology