• Saturday 25th of July 2026

सशस्त्र द्वन्द्वमा मृत्युभएका खनालको २० वर्षपछि काजकिरिया


  • गोकर्णेश्वर अनलाइन

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्युभएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन् ।

विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ । गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ ।मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो ।

मृतक माइला दाइ ईश्वरीप्रसाद खनाल भाइको किरिया बस्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)को तनहुँ जिल्ला कमिटीको सदस्य रहनुभएका श्रीरामको पार्टीको बैठकका क्रममा मृत्यु भएको जनाइएको छ । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology