• Saturday 25th of July 2026

छोराको कुटपिटबाट बाबुको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए ।

घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु-याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology