• Friday 24th of July 2026

वडा कार्यालयनै बन्द गरेर गोकर्णेश्वर ८ का वडा अध्यक्ष र कर्मचारी गोवा भ्रमणमा : जनतालाई सास्ती


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ वडा कार्यालयनै बन्द गरेर सबै कर्मचारीलाई लिएर भ्रमणमा निस्केका छन् ।

कार्यालयका सम्पुर्ण कर्मचारी भ्रमणमा निस्केपछि वडाबाट प्रवाह हुने सेवा प्रभावित भएको हो । किन वडा कार्यालय बन्द गरेर भ्रमणमा निस्केको भनेर सोध्दा कसैले प्रतिक्रिया दिन चाहेनन् ।

३ गतेबाट बन्द भएको वडा कार्यालय कहिले खुल्ने हो जनतामा अन्योल छ । विभिन्न सेवा लिन वडा कार्यालय पुग्नेगरेका वडावासीहरु बन्द वडा कार्यालय देखेर खिन्न भएर फर्किने गरेका छन् ।

वडाको सिफारिस बिना धेरै काम अवरुद्ध हुने भएतापनी वडाका कर्मचारीनै लिएर वडा अध्यक्ष भ्रमणमा निस्केपछि जनता सास्ती खेप्न बाध्य भएका हुन् ।

वडाबाट रु ७ लाख बिनियोजन गरेर गोवा लगायतका क्षेत्र घुम्न वडा अध्यक्ष नेतृत्वको टोली बैशाख १ गते त्यस तर्फ प्रस्थान गरेको बुझिएको छ । टोलीमा वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,वडा सदस्य सुमन लामा र सोबिता मिजार समावेश छन् ।

वडा सदस्य चन्द्रलाल श्रेष्ठ र सीता तिमल्सिना ब्यक्तिगत काम परेर टोलीमा नरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology