• Friday 24th of July 2026

वडा कार्यालयनै बन्द गरेर जनप्रतिनिधि सहितको टोली भ्रमणमा निस्केपछि एमालेले स्पष्टीकरण सोध्ने,काँग्रेस मौन


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी गोवा भ्रमणमा निस्केर वडा कार्यालयनै बन्द भएपछि यो विषय पेचिलो बन्दै गएको छ ।

सामाजिक संजालमा वडा बन्द गरेर विदेश भ्रमण गरेको भन्दै तिब्र बिरोध हुन थालेको छ । जनताले तिरेको पैसाबाट विदेश भ्रमण गर्ने र जनतालाई सेवा दिनुपर्ने ठाउँनै बन्द भएपछि जनआक्रोश बढ्न थालेको छ ।

गोकर्णेश्वर अनलाइनले समाचार प्रकाशन गरेपछि नेकपा(एमाले)ले आफ्ना निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने भएको छ ।

जनतालाई सेवा प्रवाह गर्नुपर्ने कार्यालय बन्द गरेर जनताले तिरेको करको दुरुपयोग गर्दै कसैले मोजमस्ती गर्छ भने त्यो हामीलाई स्विकार्य हुँदैन भन्दै नेकपा एमाले काठमाडौं ३ का समन्वय कमिटी सम्योजक उद्धव भण्डारीले गोकर्णेश्वर अनलाइनलाई प्रतिकृया दिए  ।

हामी यस्ता प्रवृत्तिको बिरोध गर्दछौं र त्यसमा संलग्नलाई एमालेले स्पष्टीकरण सोधेर कारवाही गर्छौं र जनतालाई परेको असुविधाप्रती क्षमा समेत माग्ने भण्डारी बताउँछ्न् । एमालेबाट वडा सदस्यमा निर्वाचित सोबिता मिजार,सुमन लामा,सीता तिमल्सिना र चन्द्रलाल श्रेष्ठलाई नेकपा(एमाले)ले स्पष्टीकरण सोध्न लागेको हो ।

जनतालाई असर पर्ने काम गर्दा समेत नेपाली काँग्रेस काठमाडौं ३ को अहिलेसम्म केही धारणा सार्वजनिक भएको छैन । यो वा त्यो बाहानामा जनताले छाक टारेर तिरेको कर विदेश भ्रमणमा प्रयोग हुनु दुखद हो ।

यस्ता ठाउँमा जनताले तिरेको कर दुरुपयोग हुनेहो भने जनताले कर तिर्न बन्द गर्दा नगरपालिकामा आउने समस्याको जवाफदेहीता  कसले लिन्छ ?

वडा कार्यालयनै बन्द गरेर गोकर्णेश्वर ८ का वडा अध्यक्ष र कर्मचारी गोवा भ्रमणमा : जनतालाई सास्ती

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology