सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ ले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा बस्ने कलाकार र विद्याबारधी गर्ने ब्यक्तीहरुलाई सम्मान गरेको छ । आज गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेको प्रतिभाको पहिचान र उहाँहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान गरिएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले बताए । वडा सदस्य बच्चुराम कुईकेलले संचालन गर्नु भएको कार्यक्रममा वडा सचीव चन्द्रप्रभा उपाध्याय,वडा सदस्य बसन्ती नगरकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडियो नेपाल र नेपाली चलचित्र मार्फत कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय कलाकार कुमारी लक्ष्मी भुसाल,त्रिभुवन विश्वविद्यालय मार्फत हाईड्रो पावरमा विद्यावारधी गरेका शेखर अर्याल,थांकामा तालिम दिएर स्वरोजगार सिर्जना गर्ने र ललित कला प्रतिस्ठानले ना गरेको पर्दशनीमा आफ्नो कला प्रस्तुत गरेका टासी सालकी शेर्पा र तामाङ कला संस्कृति संरक्षण गरेबापत रेश्मा बम्जनलाई सम्मान गरिएको हो । ४ जनालाई वडाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
