प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासमा वर्तमान सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विधुत बिस्तार, खानेपानी लगाएत बिस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको बिकासमा केन्द्रीत रहेको बताउनुभएको हो ।
https://www.facebook.com/ashakakirannews/videos/1460464018207032/
केहि मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई आझेलमा पार्न नहुने भन्दै उहाले बिकासका कामलाई एकतावद्ध भएर अघि बढाउन आग्रह गर्नुभयो ।
उहाले अहिले असभ्यताको प्रवृति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने धारणा राख्नुभयो ।
उहाले राष्ट्रिय एकता कायम गरि देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको बिकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उहाको भनाइ छ ।
