• Saturday 25th of July 2026

लागुऔषधसहित दुई युवक पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित नियन्त्रणमा लिएको हो । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा लागुऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका–१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology