• Saturday 25th of July 2026

जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

जग्गाको नाप नक्साको विषयमा कुटपिट हँुदा आदर्श कोतवाल गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निवासी ६३ वर्षीय प्रभुप्रसाद कुसवाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छिमेकी रामप्रवेश महतो र किशोरी कुसवाहाका परिवार तथा मृतकका परिवारबीच जग्गाको विषयमा झगडाले कुटपिटको रुप लिँदा रामप्रवेश पक्षधरले कुसवाहालाई कुटपिट गर्दा सख्त घाइते उनको वीरगञ्जस्थित नेशनल मेडिकल कालेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
। कुटपिटमा सम्लग्न किशोरी र रामप्रवेशलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो । मृतक कुसवाहा अवकाश प्राप्त रेन्जर हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology