• Monday 5th of October 2026

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक


  • गोकर्णेश्वर अनलाइन

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र रहेको गोसाईले जानकारी दिनुभयो ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology