• Saturday 25th of July 2026

काठमाडौँको जोरपाटीमा ‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’, स्थानीय त्रसित


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेटोमाटो पुगेको छ । उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ । तस्बिर : सुदर्शन बजगाईं

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology