सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा वीर अस्पतालमा ७०० बेडमा निशुल्क सेवा दिने भनी रहँदा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले जनमैत्री स्वास्थ सम्बन्धी नीति ल्याएर जनतालाई खुसी दिने प्रयास गरेका छन् ।
ठुला योजना बन्ने तर कार्यनयन नहुने अवस्ताको बिचमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले माटो सुहाउँदो नीति तथा कार्यक्रम प्रस्तुत गरेर नगरबासीको मन जितेका छन् ।
के-के छन् त नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा :
स्वास्थ्य सम्बन्धी नीति
१। नगर अस्पतालबाट प्रदान हुँदै आएका विशेषज्ञ सेवालाई निरन्तरता दिदै डेन्टल, फिजियोथेरापी लगायतका थप सेवाहरु विस्तार गर्नका लागि नयाँ अस्पताल भवन निर्माण कार्य सुरु गरिनेछ ।
२। गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण स्थायी बासिन्दाहरुकोनिशुल्क स्वास्थ्य बिमा गरिनेछ ।
३। गोकर्णेश्वर नगरपालिकामा स्थायी बासोबास गर्ने ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नेपाल मेडिकल कलेजमा एक लाखसम्मको उपचार खर्चमा ७०% छुटको व्यवस्था गरिनेछ ।
४। नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालमा भर्ना हुने गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाहरुलाई अस्पतालको तर्फबाट ३०% र नगरपालिकाको तर्फबाट २०%गरी एक लाख सम्मको उपचार खर्चमा ५०% छुटको व्यवस्था गरिनेछ ।
५। फिजियोथेरापी आवश्यक भएका स्थानीय बिरामीहरुलाई मोबाईल थेरापीस्टको व्यवस्था गरी घर घरमा फिजियोथेरापी सेवा उपलब्ध गराईनेछ ।
६। नियमित अक्सिजन कन्सनट्रेटर प्रयोग गरी अक्सिजन लिनुपर्ने बिरामीहरुका लागि अक्सिजन कन्सनट्रेटर उपलब्ध गराईनेछ ।
७। मोतिविन्दु, जलविन्दु र आङ खस्ने रोगका बिरामीहरुलाई नेपाल मेडिकल कलेजमार्फत निशुल्क शल्यक्रियाको व्यवस्था मिलाईनेछ ।
८। नगरबासीहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ ।
९। नगर प्रमुख स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई घर घरमा गई मोबाईल डाक्टरमार्फत औषधी उपचारको व्यवस्था मिलाईनेछ ।
१०। नगर अस्पताललाई स्तरीय सेवायुक्त बनाउन आवश्यक उपकरणहरुको व्यवस्था गरिने छ ।
११। ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरी निशुल्क चस्मा वितरणको व्यवस्था गरिनेछ ।
१२। नगरपालिका र आम्दा नेपालको संयुक्त साझेदारीमा गोकर्णेश्वर नगरपालिकाबासी ३० देखि ६० वर्ष सम्मका महिलाहरुलाई निशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षण गर्ने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
१३। नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा १५ र १५ दिनमा ब्लड डोनेसन कार्यक्रम राखी नगरबासीका लागि रगतको कमी हुन नदिन उचित व्यवस्था मिलाईनेछ ।
१४। नगरबासीलाई स्वास्थ्य सेवा कार्ड वितरण गरिनेछ । साथै नगरको स्वास्थ्य एप बनाई प्रकियागत सरलता कायम गरिनेछ ।
१५। सम्पूर्ण नगरवासीको ६-६ महिनाको अन्तरमा ( Whole Body Check Up) पूर्ण स्वास्थ्य जाँच गराउन प्रोत्साहन गरिनेछ ।
१६। गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरुमा दिईने खाजाको पौष्टिक तत्व परीक्षणको व्यवस्था मिलाईनेछ साथै विद्यालय भर्नामा खोप कार्ड अनिवार्य गरिनेछ ।
१७। नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गरी म् भिखभ िको प्रयोगशाला सहित सुविधायुक्त बनाईनेछ ।
१८। PCL नर्सिङ्ग, BSC नर्सिङ्ग,MBBS, फार्मेसी, ल्याब टेक्निसियनलगायतका विषयमा अध्ययनरत विद्यार्थिहरुलाई दिईने छात्रवृतिलाई निरन्तरता दिईने छ ।
१९। उपप्रमुखसँग गर्भवती सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२०। नगरक्षेत्रका सबै स्वास्थ्य संस्थाहरुको नियमित नियमन र अनुगमन कार्यलाई प्रभावकारी गराईनेछ ।
२१। महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलो कार्यक्रम सञ्चालनगरी स्वास्थ्य जनचेतना प्रवाह गरिनेछ ।
२२। यस नगरपालिकाका स्थायी बासिन्दाका लागि नगर अस्पतालमा ल्याव लगायत स्वास्थ्य उपचारमा लिदै आएको शुल्कमा ५०% छुट दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
२३। सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने व्यवस्था मिलाईनेछ ।
२४। घरमा असुरक्षित सुत्केरी गराउने कार्यलाई निरुत्साहित गर्न नगर अस्पतालमा सुत्केरी सेवा लिएका महिलाहरुलाई नेपाल सरकारको सुविधामा रु १,०००। थप गरी रु ३०००। का दरले दिदै आएको सुत्केरी स्याहार खर्चलाई निरन्तरता दिईनेछ ।
