सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेशवर नगरपालिकाले भुमाफियाको कब्जाबाट सरकारी जग्गा जोगाउन एक गैर सरकारी संस्थालाई ३ वर्षकोलागी संरक्षण गर्न दिएको नगर प्रमुख दिपक रिसालले बताएका छन् ।
केही दिन अगाडि गोकर्णेश्वर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले उपमेयर सान्नानी लामा र प्रमुख प्रशसकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा र नगर प्रवक्ता नारायण बहादुर सुवेदीको उपस्थितिमा सो कुरा बताएका हुन ।
कानुनको अधिनमा रही आकाशा प्रतिस्ठानलाई वृक्षरोपण गर्न र जग्गाको संरक्षण गर्न सो ३ वर्षे सम्झौता गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बताए ।
सम्झौता पत्र अनुसार कुनै ब्यापारीक प्रयोजनका लागि जग्गा प्रयोग गर्न पाईने छैन ।
यस्तो छ सम्झौतापत्र जस्ताको त्यस्तै :




