• Monday 5th of October 2026

समाज विकास बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

गोकर्णेश्वर अनलाइन । समाज विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं साधारण सभा संस्थाको कार्यालय प्राङ्गणमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खम बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्ष,कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन,लेखा परिक्षकको प्रतिवेदन पास गर्दै विभिन्न निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो । २०६७ सालमा स्थापना भएर वित्तीय सेवा प्रदान गर्दै आएको समाज विकास वचत तथा ऋण सहकारी संस्थाको कार्यालय तामाङ गुम्बा अगाडि रहेको छ । कोभिड र आर्थिक मन्धीले अघिल्लो वर्ष घाटा भएतापनी आर्थिक वर्ष २०७९/८० मा पुरानो घाटा परिपुर्ती गर्दै सहकारीले ३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको संस्थाका अध्यक्ष खम बहादुर बोगटीले गोकर्णेश्वर अनलाइनलाई बताए । अघिल्लो वर्ष झन्डै २ करोडको कारोबार गरेको समाज बिकास बचत तथा ऋण सहकारी संस्थाले यश आर्थिक वर्षमा आर्थिक मन्धीका कारण १ करोड १४ लाखको कारोबार गरेको अध्यक्ष बोगटीले बताए । सहकारी क्षेत्रमा समस्या आएको बेला ढिलै भएपनी साधारण सभा सम्पन्न गरेर संस्थालाई चुस्त दुरुस्त राख्न आर्थिक वर्ष अन्त्य हुन लाग्दको नेरो धेरोमा साधारण सभा सम्पन्न गर्नु परेको उपाध्यक्ष मीन बहादुर गुभाजुले बताउनु भयो । संस्थालाई अझ सदश्य केन्द्रित बनाउन नविनतम प्रविधिमा जोड दिनुपर्ने लेखा समितिका संयोजक रमेश शाक्यले बताउनु भयो । साधारण सभाको कार्यक्रम संचालन संस्थाका सचिव सुदर्शन बजगाईले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology