सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर २ निवासी केबल पण्डित सहिद आदर्श क्याम्पस भद्रवासको क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । आज नियुक्ति पाएका पण्डितले आजैबाट कार्यभार सम्हालेका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेका पण्डित कुन्डलीनी स्कुल नयाँपाटीका प्रधानाध्यापक समेत हुन् । सहायक क्याम्पस प्रमुख रहेर अनुभव हासिल गरिसकेका पण्डित काठमाडौंको पूर्वी भेगमा शिक्षा क्षेत्रको चर्चित नाम हो । आफ्नो कार्यकालमा क्याम्पसलाई नमुना क्याम्पस बनाउने पण्डितको योजना छ ।
