सुदर्शन बजगाई,आशाका मिडिया । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका पुर्व पोलिटब्युरो सदश्य कृष्ण राई र पुर्व केन्द्रीय सदस्य सरिता न्यौपाने पराजित भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ निवासी कृष्ण राई र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ निवासी सरिता न्यौपाने दुबै ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा होमिएका थिए । लामो समय राजनीतिमा बलियो पकड बनाएका दुबै पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विस्वास पात्र थिए ।
